२० हजार राशीको ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ घोषणा

Homeसमाज

२० हजार राशीको ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ घोषणा

पत्रकार महासंघ गण्डकी प्रदेशमा प्रेस युनियन नेतृत्वको महागठबन्धन सबै पदहरुमा विजयी
हिंसा विरुद्ध सधै आवाज उठाउन सक्नु पर्छ — प्रहरी उपरीक्षक प्रकाश मल्ल
नवलपुरमा नदीजन्य पदार्थको अबैध उत्खनन् कार्य रोकिन सकेन

४ माघ , नवलपुर ।

राधा क्यान्सर सचेतना फाउण्डेशनले क्यान्सरका बारेमा चेतना जगाउन र महिला हिंसाविरुद्ध आवाज उठाउन प्रेरित गर्न पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
हरेक वर्ष २० हजार रुपैयाँको ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ वितरण गरिने फाउण्डेशनका अध्यक्ष प्रकाश बस्यालले बताउनुभयो ।
दुई लाख राशिको राधा स्मृति अक्षय कोष स्थापना गर्दै फाउण्डेशनले हरेक वर्ष पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको हो ।

पूर्वी नवलपरासीको कावासोतीमा भएको फाउण्डेशनको कार्यक्रममा अध्यक्ष बस्यालले हरेक वर्ष फागुन ९ अर्थात् दिवङ्गत पत्रकार राधा बस्यालको जन्म जयन्तीको दिन नवलपुरबाटै ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ वितरण गरिने बताउनु भएको हो ।
पुरस्कारका लागि हरेक वर्षको माघ ४ गते आवेदन आह्वान गरिने र यस वर्षका लागि आइतबार आह्वान गरिएको फाउण्डेशनले जनाएको छ ।

१० वर्षदेखि सक्रिय पत्रकारितामा रहनुभएकी बस्याल विवाहपछि घरेलु हिंसाको शिकार हुनुपरेको तर पनि निरन्तर हिंसाका विरुद्धमा र न्यायको पक्षमा लडिरहने बस्याललको सम्झनामा हरेक वर्ष पुरस्कार वितरणको घोषणा गरिएको अध्यक्ष बस्यालको भनाइ छ ।
क्यान्सर रोगबाट पीडित पत्रकार बस्यालको २०७७ कात्तिक १४ गते निधन भएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0