सिटी हल निर्माणको काम धमाधम सुरु

Homeसमाज

सिटी हल निर्माणको काम धमाधम सुरु

आज २ सय ९९औँ पृथ्वी जयन्ती मनाइदैँ
ताप्लेजुङको दोभान बजारमा लागेको आगलागीबाट ७९ परिवार विस्थापित
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज ११ औं स्मृति दिवस मनाइदै

५ माघ , चितवन ।
चितवनको भरतपुर महानगरपालिकाको महानगर गौरवको योजनाको रुपमा रहेकोे सिटी हल निर्माणको काम धमाधम सुरु भएको छ ।
भरतपुर महानगरको स्वामित्वमा रहेको जिल्ला समन्वय समिति पछाडिको बाइपास सडकसम्मको चार बिघा क्षेत्रफलको जग्गामा काम सुरु भएको हो ।
सघन सहरी तथा भवन आयोजनाको मातहतमा केन्द्र सरकारको ८७ करोड ८८ लाख रुपैयाँ लागतमा भरतपुरमा सिटी हल निर्माणको काम थालिएको हो ।
इन्डो– सगुन– रौताहा ठेकेदार कम्पनीबीच २०७७ मंसिर १८ गते ठेक्का सम्झौता भई काम अगाडि बढेको सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले जानकारी दिनु भयो ।
ठेकेदार कम्पनीका प्रोजेक्ट इञ्जिनियर प्रविण गुरागाँईले सिटी हलको काम रफ्तारमा अगाडि बढेको बताउनु भयो ।
त्यस्तै २७ महिनामा हल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य भए पनि त्यो अघि नै निर्माण सम्पन्न गर्नेे सिटीहलका प्रोजेक्ट इन्जिनियर गुरागाँइले प्रतिबद्धता जनाउनु भयो ।
उनका अनुसार सात हजार १ सय क्युफिटमा मुख्य सभा हल निर्माण हुनेछ जुन २ हजार जना अटाउने क्षमताको रहनेछ भने छेउछाउँमा पनि २ सय जना क्षमताको हल बन्नेछ ।
यस्तै पार्किङको व्यवस्था र सौन्दर्यताको लागि फाउन्टेन पनि निर्माण गरिनेछ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0