कोरोना भाइरसको नयाँ प्रकार नेपाल भित्रिएको पुष्टि

Homeस्वास्थ

कोरोना भाइरसको नयाँ प्रकार नेपाल भित्रिएको पुष्टि

दुई साताभित्र भारतबाट २० लाख डोज कोरोना खोप आउँने
स्वास्थ्य मन्त्रालयले काेराेना सङ्क्रमणबाट जोगिन सीसीएमसीलाई आठ बुँदे सुझाव
काठमाडौंमा बर्ड फ्लु : तारकेश्वरमा २३ सय पन्छी नष्ट गरियो


५ माघ , काठमाडौँ ।
कोरोना भाइरसको नयाँ प्रकार नेपालमा पनि भित्रिएको पुष्टि भएको छ ।
पुसको पहिलो हप्ता बेलायतबाट नेपाल आएका तीन जनामा कोरोना भाइरसको नयाँ प्रकारको सङ्क्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
बेलायतबाट आएका ६ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो ।
उनीहरूको नमुना जिन सिक्वेन्सिङ गर्न पुस २७ गते हङकङ प्रयोगशालामा पठाइएकोमा उनीहरूमध्ये तीन जनामा कोरोनाको नयाँ प्रकार भएको पुष्टि भएको गौतमले जानकारी दिनुभयो ।
कोरोनाको नयाँ प्रकार देखिनेहरूमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुष रहेका छन् ।
लक्षण नदेखिएका उनीहरूमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको र एक जना आइसोलेशनमै रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0