प्रधानमन्त्री कपमा गण्डकी प्रदेशको पहिलो

Homeखेल

प्रधानमन्त्री कपमा गण्डकी प्रदेशको पहिलो

नेपालले जित्यो त्रिदेशीय फुटबल कपकाे उपाधि
पर्वतीय खेलकुद महोत्सव आगामी फागुन तेस्रो सातादेखि हुने
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक शाहीको निधन

५ माघ , काठमाडौँ ।
काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले पहिलो जित निकाल्दा दिनको अर्को खेलमा वाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
गण्डकी प्रदेशले मूलपानी क्रिकेट मैदानमा प्रदेश १ माथि २ विकेटको रोमाञ्चक जित निकाल्दा वाग्मतीले सुदूरपश्चिम प्रदेशमाथि १ सय ८० रनको फराकिलो जित निकालेको हो ।
संघर्षपूर्ण जित निकालेको गण्डकीको जारी प्रतियोगितामा यो पहिलो जित हो ।
यसअघि पहिलो खेलमा आर्मीसँग पराजय भोगेको गण्डकीका लागि विशाल पौडेलले बलिङतर्फ ह्याट्रिक गर्दा गण्डकीले समूह तालिकामा स्पष्ट दुई अंक जोडेको हो ।
प्रतियोगितामा मंगलबार त्रिवि मैदानमा लुम्बिनी प्रदेश र प्रदेश २ तथा मूलपानी मैदानमा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0