कावासोतीमा बीउ श्रोत केन्द्र निर्माण हुने

Homeसमाज

कावासोतीमा बीउ श्रोत केन्द्र निर्माण हुने

बालबालिका सम्बन्धी नीति तथा १० वर्षे रणनीतिक कार्ययोजना कार्यक्रम सम्पन्न
सीमान्तकृत , आदिवासी जनजाति समुदाय लगायतका अधिकार संरक्षणमा राज्यले ध्यान पु¥याउन सकेन
नवलपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु


५ माघ , नवलपुर ।
पूर्वी नवलपरासीको कावासोतीमा बीउ श्रोत केन्द्र निर्माण हुने भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन इकाई नवलपरासी पुर्वको आर्थिक वर्ष ०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्थानीय तहको समेत लागत साझेदारीमा बीउ श्रोत केन्द्र निर्माण गरिने भएको हो ।
कावासोती नगरपालिका १७ मा रहेको कुमारवर्ती साना किसान कृषि सहकारी संस्था लिमिटेडले श्रोत केन्द्रका लागि पूर्वाधार निर्माण गर्ने गरि सम्झौता भएको छ ।
श्रोत केन्द्रका लागि आवश्यक भवन निर्माण गर्न चालु आर्थिक वर्षमा ५१ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
परियोजनाले ३० लाख , कावासोती नगरपालिकाले साढे १३ लाख र सहकारीले साढे ७ लाख रुपैयाँ बिनियोजन गरेको कावासोती नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत यज्ञ पुरीले जानकारी दिनुभयो ।
पहिलो वर्ष प्रारम्भिक चरणमा भवन निर्माण गर्न ५१ लाख बिनियोजन गरिएको र आगामि वर्षहरुमा पनि क्रमशः आवश्यक पूर्वाधार निर्माण गर्न बजेट थप गर्दै जाने पुरीले बताउनुभयो ।
बीउ श्रोत केन्द्र निर्माण गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना इकाई नवलपरासी पुर्वले सार्वजनिक सुचना प्रकाशन गरेको थियो ।
४ वटा सहकारीले आवेदन दिएकोमा कुमारवर्ती सहकारी संस्थागत रुपमा बलियो र आफ्नै जग्गा भएको पाईएपछि छनौट भएको परियोजना कार्यान्वयन इकाई नवलपरासी पूर्वका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0