पाँच दिवसीय हष्तकला निर्माण तालिम प्रभावकारी बन्दै

Homeसमाज

पाँच दिवसीय हष्तकला निर्माण तालिम प्रभावकारी बन्दै

नेपाल पत्रकार महासंघ मनाङ शाखाको अध्यक्षमा नवीन लामिछाने निर्बिरोध चयन
नवलपुरको कावासोतीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
पशुजन्य उत्पादनमा अर्घाखाँचीको पाणिनी गा.पा. लुम्बिनी प्रदेशकै उत्कृष्ट

५ माघ नवलपुर ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका ७ स्थित टरुवामा जारी पाँच दिवसीय हष्तकला निर्माण तालिम प्रभावकारी भएको तालिममा सहभागी प्रशिक्षार्थीहरुले बताएका छन ।
गत माघ २ गतेदखि सुरु भएको तालिम निकै उपयोगि भएको पनि उनीहरुले बताएका हुन् ।
तालिमले आफुहरुलाई स्वरोजगार भइ सामुहिक रुपमा व्यवसाय गर्न सक्षम गराउनेमा उनीहरु बिश्वस्त देखिन्छन् ।
तर तालिमको अवधि छोटो भएकोमा भने प्रशिक्षार्थीहरुले गुनासो गरेका छन् ।
छोटो समयमा नै कलम दानी र ऐना कभर बनाउन सक्षम भएका सहभागीहरुले महिलाहरुका सिप क्षमता विकास गर्नका लागि आगामि दिनमा कम्तीमा १५ दिन वा एक महिना अवधिको तालिम प्रदान गर्न वडा कार्यालयलाई उनीहरुले अनुरोध गरेका छन् ।


विशेषगरी गृहिणीहरुका फुर्सदको समयलाई सदुपयोग गर्दै कलम दानी र ऐना कभर गरी २ किसिमका तालिम मात्र दिइएको प्रशिक्षक पुष्पा गुरौले बताउनुभयो ।
यस्तैगरी तालिम सिकिसके पछि ५ दिनलाई मात्र नभई आफ्नो व्यवहारिक जिवनमा उतार्नपनि प्रशिक्षकहरुको आग्रह छ ।
कावासोती नगरपालिका ७ का वडाध्यक्ष नन्दकुमार गुरौका अनुसार वडाभित्र अहिले यो तालिमका लागि १ लाख बजेट विनियोजन गरिएको छ ।
आउने वर्षमा वडा भित्र रहेका महिला दिदिवहिनीहरुका क्षमता र सिप विकास गर्नका लागि कम्तीमा ३ लाख बजेट विनियोजन गर्ने गुरौले जानकारी दिनुभयो ।
तालिम कावासोती नगरपालिका वडा नम्वर ७ को आर्थिक सहयोग र कावासोती सामुदायिक सिकाइ केन्द्रको सहजीकरणमा सञ्चालन भईरहेको छ ।
४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको तालिम मंगलबार समापन हुनेछ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1