नवलपुरको प्रहरी हिरासतमा किताव कार्यक्रम स्थापना

Homeसमाज

नवलपुरको प्रहरी हिरासतमा किताव कार्यक्रम स्थापना

काठदाउराको प्रतिवन्ध फुकुवा नगरे आन्दोलित हुने छौँ ः वन उपभोक्ता ।
कालीगण्डकी करिडोरकोे भिरबाट लरी खस्यो , घटनास्थलमै ३ को मृत्यु
चिडियाखानामा रहेका हात्तीको आहाराका लागि वनमन्त्री आलेद्धारा रु एक लाख २५ हजार प्रदान

५ माघ , नवलपुर ।
नवलपुरको प्रहरी हिरासतमा किताव कार्यक्रम स्थापना भएको छ । नागरिकको गलत आचरणमा सुधार ल्याउँदै समाजलाई अपराधमुक्त बनाउने प्रहरीको कर्तब्यलाई ब्यवहारमै देखाउन कार्यक्रम शुभारम्भ गरिएको हो ।
नवलपुर जिल्ला प्रहरी कार्यालयले प्रहरी हिरासतमा बस्नेहरुलाई लक्षित गरेर पुस्तकालय ढाँचाको हिरासतमा किताव कार्यक्रमको शुभारम्भ गरेको हो ।
सोमवार प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआईजी घनश्याम अर्यालले किताव कार्यक्रमको शिलापत्र अनावरण गर्दै उद्घाटन गर्नु भएको थियो ।
डिआईजी अर्यालले विभिन्न घटनाको आरोपमा प्रहरीको हिरासतमा बस्नुपर्दा आरोपितहरुमा मानसिक विचलन आउन सक्ने सम्भावना समेत रहने हुदा उनीहरुको सोच–बिचारलाई सकारात्मक दिशामा निर्देशित गर्न कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बिश्वास व्यक्त गर्नु भयो ।


डिआईजी अर्यालले सबै आरोपितहरु अपराधमा संलग्न नहुन पनि सक्नेतर्फ संकेत गर्दै छानविन र अनुसन्धानको दायरामा रहदा बढीमा २५ दिनसम्म पनि हिरासतमा बस्नुपर्दा नकारात्मक उर्जा थपिन सक्ने भएकाले प्रहरीको कर्तब्य नागरिकको गलत आचरणलाई सुधार्दै समाजलाई अपराधमुक्त बनाउने भएकाले पनि असल र जीवनउपयोगी पुस्तकको अध्ययन उपयोगी हुने बताउनु भयो ।
नागरिक र प्रहरीबीचको अन्तर संबन्धलाई सुमधुर बनाउन रचनात्मक क्रियाकलापले टेवा पुर्याउने भएकाले पुस्तकालय प्रवद्र्धनका लागि सघाउने सामुदायिक सेवा केन्द्र नवलपुरकी अध्यक्ष नारायणी भटराईले बताउनुभयो ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये हिरासतका बन्दी लक्षित गरेर किताव कार्यक्रम अवधारणासहित शुभारम्भ गर्ने नवलपुर पहिलो जिल्ला हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0