राष्ट्रिय जनमुक्ति पार्टी ३० औँ वर्षमा

Homeराजनीति

राष्ट्रिय जनमुक्ति पार्टी ३० औँ वर्षमा

गृहमन्त्रीलाई भेटेर नेविसंघले भन्यो- भागरथी भट्टको हत्यारालाई तत्काल कारवाही नगरे आन्दोलन गर्छौं
संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड– माधव समूलाई ओलीको चुनौती
सरकार सिंह दरवारमा बसेर भ्रष्टाचारको नोट गन्नमा व्यस्तः युवा नेता कल्याण गुरुङ

६ माघ , नवलपुर ।

राष्ट्रिय जनमुक्ति पार्टी राज्य सत्तामा पुगेपछि देशको मुहार नै परिवर्तन हुने पार्टीका संघिय परिषद् सदस्य नर वहादुर ठाडा मगरले बताउनु भएको छ ।
मंगलबार पूर्वी नवलपरासीको कावासोतीमा राष्ट्रिय जनमुक्ति पार्टीको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नु हुदै ठाडा मगरले सो कुरा बताउनु भएको हो ।
वहाँले पार्टीको आकार हेरेर सानो ठूलो भनेर मुल्याँकन गर्नु गलत भएको बताउनुभएको छ ।
पार्टी सानो वा ठुलो हुनुमा उसले अँगीकार गरेको विचार , सिद्धान्त र कार्यनीति कस्तो भन्नेमा निर्भर हुने वहाँले स्पष्ट पार्नुभयो ।
राष्ट्रिय जनमुक्ति पार्टीको विचार कसैलाई पनि विभेद गर्ने खालका सिद्धान्त र विचार नभएकोले जनमुक्ति पार्टी बास्तवमै ठुलो पार्टी भएको वहाँले जिकिर गर्नुभयो ।
नेपाली राजनीतिमा पृथक बिचार बोकेको पार्टी भएकोले ढिलो किन नहोस तर राष्ट्रिय जनमुक्ति पार्टी एकदिन अवश्य सत्ता पुग्ने वहाँले बिश्वास ब्यक्त गर्नुभयो ।
फरक प्रसँगमा बोल्नुहुँदै ठाडाले घरभित्रको आन्तरीक झगडा मिलाउन नसक्दा नेपाल कम्युनिष्ट पार्टीले देशलाई संकटमा पारेको पनि बताउनु भयो ।
कुर्चीको लुछाचुँडी र सत्ताको भागबण्डा नमिल्दा सत्ताधारी पार्टी भित्रै झगडा बढेको र त्यसको दुष्परिणाम देश र जनताले भोग्नुपरिरहेको यथार्थ वहाँले उजागर गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी नवललपुरका जिल्ला अध्यक्ष तिल वहादुर झेँडीको सभाध्यक्षता एवं संघिय परिषद् सदस्य नर वहादुर ठाडा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तैगरी कार्यक्रममा संघिय महासभा सदस्य केहर सिं राना , राष्ट्रिय जनमुक्ति पार्टी गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष तुल वहादुर सुनारी लगायतको विशेष आतिथ्यता रहेको थियो ।
जिल्लाभर रहेको पार्टी कार्यकर्ता तथा नेताहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा सबैजनाले पार्टीको गौरवमय तीसौँ स्थापना दिवसका अवसरमा शुभकामना आदानप्रदान समेत गरेका थिए ।
कार्यक्रम कावासोती नगरपालिका ३ बौद्ध विहारको परिसरमा सम्पन्न भएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0