बर्तमान राजनीतिक परिस्थितिका सन्दर्भमा आदिवासी जनजाति महासँघको गम्भीर ध्यानाकर्षण

Homeराजनीति

बर्तमान राजनीतिक परिस्थितिका सन्दर्भमा आदिवासी जनजाति महासँघको गम्भीर ध्यानाकर्षण

थाकसकोे विस्तारिक बैठक जारी, थारुहरुको माग र मुद्दाका विषयमा व्यापक छलफल
पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता चुनिए
नेकपा आधिकारिताकाे निर्णय फागुन २० मा

६ माघ , काठमाडौँ ।

नेपाल आदिवासी जनजाति महासँघले बर्तमान राजनीतिक परिस्थितिका सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण जनाएको छ ।
महासँघले मँगलबार एक प्रेस बिज्ञप्ति मार्फत प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनीधि सभा बिघटन भएको घटना प्रति गम्भीर ध्यानाकर्षण सहित धारणा सार्वजनिक गरेको हो ।
महासँघका अध्यक्ष जगत बहादुर बरामद्वारा हस्ताक्षरित बिज्ञप्तिमा देशको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा महासँघले पाँच बुँदामा आफ्नो धारणा ब्यक्त गरेको छ ।
बिज्ञप्तिमा विगतदेखि वर्तमानसम्मका घटित सबै राजनीतिक घटना र समस्याहरूको जड एकल जातीय नश्लीय चिन्तन र व्यवहार भएको ठहर गरिएको छ ।
त्यसैको धरातलमा उभिएको दोस्रो संविधानसभाले बनाएको नश्लीय संविधानबाट पछिल्लो राजनीतिक परिस्थिति सृजना भएको महासंघको बताएको छ ।
त्यस्तै संविधानमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताजस्ता सवालहरू रूपमा भए पनि समेटिएकोले ती मुद्दाहरूलाई समेत बचाउनुपर्ने राजनीतिक परिस्थिति निर्माण भएकोमा महासंघले स्पष्ट पारेको छ ।
त्यसैगरी पछिल्लो राजनीतिक घटनाक्रम सिर्जना हुनुमा देशभित्रैका प्रतिगामी प्रवृत्तिका मूलधारे मिडिया, समाजका वर्चस्वशाली बृद्धिजीवी, यथास्थितिवादी, प्रतिगामी र प्रतिकृयावादी राजनैतिक दल तथा नेतृत्वका साथै तिनीहरूलाई उक्साउने र बल प्रदान गर्ने देशी–विदेशी शक्तिहरू समेतको सँलग्नता भएकोमा पनि महासँघ स्पष्ट भएको बिज्ञप्तिमा उल्लेख छ ।
बर्तमान सँकटबाट देशलाई पार गराउन , तत्काल समावेशी लोकतान्त्रिक सिद्धान्त र विधिबाट समस्याको हल खोज्न सम्बन्धित निकायलाई अनुरोध पनि बिज्ञप्तिमा गरिएको छ ।
नागरिक हक र अधिकार प्रतिरक्षाका लागि सबै आम नागरिक , नागरिक समाज , बुद्धिजिबी,पत्रकार लगायत सम्पूर्णलाई सजग र सँघर्षरत रहन पनि बिज्ञप्तिमा अपील गरिएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0