एक महिने माटाका भाडा बनाउने तालिम सन्धिखर्कमा सुरु

Homeकुमाल समाजकुमाल समाज विशेष

एक महिने माटाका भाडा बनाउने तालिम सन्धिखर्कमा सुरु

नेपाल कुमाल समाज २७ वर्ष पूरा , समुदायका लागि कुनै ठोस कार्य नभएको भन्दै असन्तुष्टि बढ्यो
हराएको संस्कृति
माटाका भाडा बनाउने तालिम प्रभावकारी भएको तालिममा सहभागी प्रशिक्षार्थीहरुको भनाइ

६ माघ , अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्कमा एक महिने सेरामिक्स उद्योग ( माटाका भाडा बनाउने ) तालिम सञ्चालन भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा एक महिने सेरामिक्स उद्योग तालिम मंगलबारदेखि सुरु भएको हो ।
कुमाल समुदायको लोपन्मुख पुर्खौली पेशा जर्गेना गर्दै स्वरोजगार उद्यमी बनाउने उदेश्यका साथ सो तालिमको आयोजनाका गरिएको सन्धिखर्क सेरामिक्स उद्योगका सदस्य विर वहादुर कुमालले जानकारी दिनुभयो ।
एक महिना सम्म चल्ने तालिममा पाला , गमला ,सुरुवाई , जग , पिलेट , कप , घैँटो , पैनि र मुर्ति बनाउन सिकाइने छ ।

कुमाल समुदायका मात्र १० जना प्रशिक्षार्थीहरु रहेको तालिममा काठमाडौँबाट गएका कालीगढ हरि प्रजाप्रतिले प्रशिक्षण दिनु भएको छ ।
तालिमका लागि लुम्बिनी प्रदेश सरकारले १ लाख ५० हजार बजेट विनियोज गरेको छ ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुले आफ्ना समुदायको पेशालाई जिवन्त तुल्याउन प्रदेश सरकारबाट बजेट विनियोजन हुदाँ खुसि व्यक्त गरेका छन् ।


तर, अब आउने दिनहरुमा यति मात्र बजेटले नहुने भएकाले अझै धैरै बजेट विनियोज गर्नमा कन्जुस्याइ नगर्न आग्रह गरेका छन् ।
एक महिने तालिमको सोमबार एक औपचारी कार्यक्रमको समुद्घाटन गरि शुभारम्भ गरिएको थियो । भने मंगलबार देखि तालिम सुरु भएको छ ।
तालिम सन्धिखर्क नगरपालिका १ इसारा टोलमा भइरहेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0