प्रम ओलीले देशलाई कालो सुरुङतिर धकेले– जसपा नेता रिजाल

Homeराजनीति

प्रम ओलीले देशलाई कालो सुरुङतिर धकेले– जसपा नेता रिजाल

नेकपा ओली समूहकाे जनसभाका लागि र्‍याली सुरु
अवहेलना मुद्दामा आफै उपस्थित भएर जवाफ दिन प्रचण्डलाई सर्वोच्चको आदेश
Why stock brokers should be 1 of the 7 deadly sins

७ माघ , नवलपुर ।
जनता समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य मोती रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गलत ट्र्याक तर्फ धकेलेको आरोप लगाउनुभएको छ ।
पौष पाँच गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले सँसदको तल्लो सदन प्रतिनीधि सभा बिघटन गरेको बिरोधमा पार्टीद्वारा पुर्बी नवलपरासीको कावासोतीमा आयोजित बिरोध कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै रिजालले प्रधानमन्त्रीले देशलाई कालो सुरुङतिर धकेलेको बताएका हुन् ।
वहाँले सँबिधान २०७२ मा भएका ब्यवस्थालाई मिचेर सँबिधान बिरोधी कार्य गरिएकोमा आक्रोश पनि ब्यक्त गर्नुभयो ।
सँबिधानमा भएका कतिपय राम्रा कुरालाई कार्यान्वयन गरेर देशलाई समृद्धितर्फ डो¥याउनुपर्नेमा ओलीले उल्टै संविधान नै च्यात्ने काम गरेको रिजालको गम्भीर आरोप छ ।
जनता समाजबादी पार्टी नेपाल गण्डकी प्रदेश अध्यक्ष समेत रहेका रिजालले सत्ता सञ्चालन गर्दैै आएका कुनैपनि दल ठिक नभएको स्पष्ट पारे ।
अहिले नेकपाले गलत गर्दा काँग्रेस राम्रो हो कि भन्ने सोँच्नु गलत भएको वहाँको भनाइ थियो ।
राजा , काँग्रेस सबैले सत्ता सञ्चालन गर्ने मौका पाएको तर कुनैले पनि जनभावना अनुरुप काम गर्न नसकेको वहाँले बताउनुभयो ।


पुराना शक्ति अव बिफल भैसकेकोले जनताले अव सही र नयाँ राजनीतिक शक्तिलाई सत्तामा पु¥याउनुपर्ने खाँचो रहेको वहाँको भनाइ छ ।
विरोध सभालाई राजपा नवलपुरका जिल्ला अध्यक्ष ओम नारायण थनेत , जसपा संघिय परिषद्का सदस्य छविलाल राना लगायतले सम्वोध गर्नुभएको थियो ।
जसपा नवलपुरका अध्यक्ष धन वहादुर गुरुङको सभाध्यक्षता रहेको बिरोध कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मोति रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।
बिरोध सभा अघि आयोजित ¥यालीमा प्रतिनिधि सभा पुर्नस्थापना गर् , असंवैधानिक र अलोकतान्त्रिक कदम खारेज गर् , थारु नेताहरुप्रति लगाइएको गलत मुद्दा खारेज गर् जस्ता नाराहरु लगाइएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0