नेकपाका नेताको जुधाइमा संसद् मिचाइमा प¥यो– वरिष्ठ अधिवक्ता ज्ञवाली

Homeराजनीति

नेकपाका नेताको जुधाइमा संसद् मिचाइमा प¥यो– वरिष्ठ अधिवक्ता ज्ञवाली

“नेकपाभित्र दुइटा समूह देखिए पनि कतै लागेको छैन” — गौतम
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज हुनुपर्छ : प्रचण्ड
प्रदेश १ सरकारको मन्त्रिपरिषद् विस्तार

७ माघ , काठमाडौँ ।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर संसद्माथि प्रहार गरेको बताउनु भएको छ ।
संवैधानिक इजलासमा बुधबार प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइमा सहभागी हुँदै ज्ञवालीले नेताहरूबीचको विवादले संसद्लाई पीडित बनाउन नहुने बताउनु भयो । ’प्रधानमन्त्री र संसद्को बीचमा कुनै द्वन्द्व छैन । साँढेको जुधाइ बाच्छाको मिचाइ । पार्टीभित्र विवाद भएको हो, संसद् मिचियो,’ वहाँले भन्नुभयो ।
पार्टीभित्रको विवाद पार्टीभित्रै खोज्नुपर्नेमा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको भन्दै वहाँले सर्वोच्च अदालतलाई निवेदकले माग गरेबमोजिम प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गर्न माग गर्नुभयो ।
प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने राजनीतिक र संवैधानिक अधिकार नभएको ज्ञवालीको तर्क थियो । संविधानको धारा ७६ (१) अन्तर्गत एउटै दलको बहुमतको सरकारलाई संसद् विघटन गर्ने अधिकार नभएको वहाँको भनाइ छ ।
संसदीय व्यवस्था अवलम्बन गरेका विभिन्न मुलुकमा बजेट पारित नभएमा, सरकार गठन नभएमा, संसद्ले नै विघटनको पक्षमा निर्णय गरेमालगायत प्रावधान राखिएको भन्दै ज्ञवालीले नेपालमा पनि कुन प्रधानमन्त्रीले संसद् विघटन गर्ने भन्ने संविधानमा स्पष्ट उल्लेख रहेको बताउनु भयो ।
अल्पमतको सरकारलाई मात्रै संसद् विघटन गरेर निर्वाचनमा जाने संवैधानिक अधिकार रहेको वहाँको भनाइ थियो

COMMENTS

WORDPRESS: 0
DISQUS: 0