गाउँका नामले नै जातीय विभेद भएको भन्दै बझाङमा दुई वटा गाउँको नाम परिवर्तन

Homeसमाज

गाउँका नामले नै जातीय विभेद भएको भन्दै बझाङमा दुई वटा गाउँको नाम परिवर्तन

“THE KUMAL OF NEPAL”
गत शनिबार मनाङको मस्र्याङ्दी नदीमा ट्रक खस्दा ज्यान गुमाउनेका परवारलाई आर्थिक सहयोग
बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा २ पाङ्ग्रे सवारी र पैदल यात्रा गर्न रोक


७ माघ , बझाङ ।

गाउँका नामले नै जातीय विभेद झल्काएको भन्दै बझाङमा दुई वटा गाउँको नाम परिवर्तन गरिएको छ ।
जिल्लाको उत्तरी भेगमा पर्ने तल्कोट गाउँपालिका ६ मा रहेका दुईवटा दलित बस्ती रहेका ल्वारवाडा र भुलवाडाको नाम परिवर्तन भएर अहिले ललितपुर र भक्तपुर राखिएको हो ।
गाउँको नामले बर्षौदेखिको सामाजिक विभेदलाई कायमै राखेको भन्दै स्थानीयहरुले नाम परिवर्तन गरेर ललितपुर र भक्तपुर राखेका हुन् ।
गरिबी,अभाव र सामाजिक बिभेदको चरम चपेटामा परेका यहाँका बिक र ल्वारहरुको बसोबास रहेको ल्वारबाडाको नाम अहिले ललितपुर राखिएको छ भने भुल (सार्की)हरुकोहरुको बसोबास रहेको भुलवाडाको नाम अहिले भक्तपुर राखिएको छ । द्वन्दकालमा नै नाम परिबर्तन भएको भएपनि आजभोलि मात्र सरकारी अभिलेखमा समेत परिवर्तन गरिएको स्थानीयहरुले बताएका छन् ।
नाम परिवर्तन भएसंगै विद्यालय स्वास्थ्य संस्था र वडा साथै सरकारी अभिलेखमा यी दुबै गाउँलाई ललितपुर र भक्तपुर भनेर अभिलेखीकरण गरिएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0