बुधबारदेखि बाइडेनले अमेरिकी राष्ट्रपतिको पदभार सम्हाल्दै

Homeअन्य

बुधबारदेखि बाइडेनले अमेरिकी राष्ट्रपतिको पदभार सम्हाल्दै

9 ways beauty essentials can make you rich
कांग्रेसका नेता जोशीलाई भेन्टिलेटरबाट निकालियो, स्वास्थ्यमा क्रमशः सुधार हुदै
15 Interesting Benefits Of Lemon For Skin, Hair & Health


७ माघ , काठमाडौँ ।

अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले बुधबारदेखि पदभार ग्रहण गर्ने भएका छन् ।
नेपाली समयअनुसार बुधबार राति १० बजेर १५ मिनेटमा शपथ(ग्रहण गरेपछि उनीहरुको कार्यकाल सुरु हुनेछ ।
पदभार ग्रहण गरेसँगै बाइडेन अबको ४ वर्षसम्म ह्वाइट हाउसको निवासमा बस्नेछन् ।
यहि जनवरी ६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकाको संसदमा आक्रमण गरेपछि सत्तारोहण समारोहमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
बुधबार वासिङ्टन डिसीका धेरैजसो ठाउँहरु बन्द हुने भएका छन् । अमेरिकी गुप्तचर निकायले सुरक्षाको नेतृत्व गरेको र हजारौँ प्रहरीलाई सहयोग गर्न न्याशनल गार्डका झण्डै १५ हजार सुरक्षाकर्मी खटाइएको छ ।
यस्तै बहिर्गमन हुन लागेका राष्ट्रपतिले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण गरेको हेर्ने परम्परा भएपनि बाइडेनको सत्तारोहण हेर्न राष्ट्रपति ट्रम्प सहभागि नहुने भएका बीबीसीले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0