२४ घण्टामा नेपालमा तीन सय १८ जना कोरोना संक्रमित भेटिए

Homeस्वास्थ

२४ घण्टामा नेपालमा तीन सय १८ जना कोरोना संक्रमित भेटिए

विद्यालय बन्द गर्न मन्त्रालयले कुनै सिफारिस गरेका छैनौँ – प्रवक्ता प्राडा गौतम
ललितपुर महानगरपालिकाले निःशूल्क चिकित्सक विशेषज्ञ सेवा दिने
२४ घण्टामा देशभर तीन सय दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

७ माघ , काठमाडौँ ।

पछिल्लो २४ घण्टामा नेपालमा तीन सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ६८ हजार तीन सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६२ हजार ६ सय ४२ पुगेको छ ।
यस्तै थप ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म २० लाख २६ हजार सात सय २६ जनाको पीसीआर परीक्षण भएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0