रिठेपानी कास्की इकाइका अध्यक्ष डिल्लीराम कुमालको स्कुटर दुर्घटनामा परी निधन

Homeकुमाल समाज

रिठेपानी कास्की इकाइका अध्यक्ष डिल्लीराम कुमालको स्कुटर दुर्घटनामा परी निधन

इकाइ अध्यक्ष डिल्लीराम कुमालको निधनमा नेपाल कुमाल समाज सुधार समिति कास्कीको श्रद्धाञ्जली
डोजर आक्रमणमा परी मृत्यु भएका कुमालको परिवारलाई उचित क्षतिपूर्तिको माग
नेपाल कुमाल समाज सुधार समिति काठमाडौं जिल्ला कार्य समिति को बैठक सम्पन्न

७ माघ , कास्की ।

नेपाल कुमाल समाज सुधार समिति,रिठेपानी कास्की इकाइका अध्यक्ष डिल्लीराम कुमालको स्कुटर दुर्घटनामा परी निधन भएको छ ।

पोखरा २७ रिठेपानीमा बुधबार विहान आफ्नै बङ्गुर फर्मबाट फर्किने क्रममा आफैले चलाएको ग ७ प १९१९ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर रोडबाट ४० फिट तल खोल्सामा खस्न जादा ४६ वर्षीय कुमालको निधन भएको हो ।

दुर्घटनामा वहाँका श्रीमती ४४ वर्षीया भोजकुमारी कुमाल गम्भीर घाइते हुनु भएको छ ।

गम्भीर घाइते भोजकुमारीको अहिले उपचार भैरहेको छ ।
अध्यक्ष डिल्लीरामको बुधबार नै कुमाल संस्कार अनुसार अन्त्येष्टि गरिएको नेपाल कुमाल सुधार समिति कास्कीका अध्यक्ष मानेन्द्र कुमालले जानकारी दिनुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1