८ माघ, नवलपुर ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दघाट सुस्ता पूर्वले जिल्लाका ८ वटै स्थानिय तहमा निःशुल्क बृहत परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर सुरु गरेको छ । पहिलो दिन देवचुली नगरपालिकाको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रबाट शिविर शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।
शिविरबाट देवचुली नगरपालिकामा २३ जना लाभान्वित भएका थिए । भने जसमध्ये १७ जना पुरुषले भ्यासेक्टोमी, र ६ जना महिलाले मिनिल्याप गराएका थिए ।
विहिबारदेखि भने कावासोतीको मध्यविन्दु जिल्ला अस्पतालमा शिविर सञ्चालन भएको छ ।कावासोती नगरमा विहिबार देखि आगामीे शनिबार ३ दिनसम्म सन्तानको रहर पुगेका महिला–पुरुष दुबैले निशुल्क रुपमा स्थायी बन्ध्याकरण गराउन सकिने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
मध्यबिन्दु अष्पतालमा जारी शिबिरमा कुल २१ जनाको स्वास्थ्यकर्मीहरुको टीमले सेवा प्रवाह गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका परिवार नियोजन सुपरभाइजर निरिक्षक विर वहादुर श्रेष्ठले बताउनु भयो ।

मध्यबिन्दु जिल्ला अष्पतालमा जारी शिबिरमा बिहीबार १४ जना ले बन्ध्याकरण गराएका छन् ।
तीमध्ये ५ पुरुष र ९ जना महिलाले बन्ध्याकरण गराएको परिवार नियोजन सुपरभाइजर बिर बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ । सन्तानको रहर पुगेका महिला वा पुरुषहरुलाई पायक पर्ने स्थानमा निशुल्क स्थायी बन्ध्याकरणको सुबिधा दिइएको हो ।
आगामी माघ २९ गते गैँडाकोटको पितौँजीघाट स्वास्थ्य चौकीमा टुँगिने अभियान बुधबारबाट सुरु भएको थियो ।

COMMENTS