सँसद बिघटनका बिरुद्धमा नेपाली काँग्रेसको देशभरिका वडाहरुमा प्रदर्शन

Homeराजनीति

सँसद बिघटनका बिरुद्धमा नेपाली काँग्रेसको देशभरिका वडाहरुमा प्रदर्शन

कांग्रेस नेता नवीन्द्रराज जाेशीकाे स्वास्थ्यमा सुधार देखिएन
नेपाली कांग्रेसलाई एउटा प्रदेशमा मुख्यमन्त्री दिन नेकपाका दुवैपक्ष तयार
संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च आदलतमा रिट दायर

८ माघ, काठमाडौँ ।

संसद् विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदमको रूपमा व्याख्या गरेको कांग्रेसले बिहीबार देशका सबै वडामा ¥यालीका साथ विरोध सभा सम्पन्न गरेको छ ।
देशभरका ६ हजार सात सय ४३ वटै वडामा कांग्रेसले एक साथ संसद् विघटनको विरोध गरेको हो ।
यसअघि नै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हरेक घरघरबाट सहभागी भएर प्रतिनिधिसभा विघटनविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेका थिए ।
यस्ता विरोध कार्यक्रममा कोभिड– १९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासन, भ्रष्टाचार र प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी प्रवृत्तिको भण्डाफोर गर्न कांग्रेसले तल्ला निकायलाई निर्देशन समेत गरेको छ ।
काँग्रेसको १९ पुसमा बसेको केन्द्रीय समितिको बैठकले दोस्रो चरण अन्तर्गत २५ पुसका साथै ३ र ८ माघका लागि विरोधका कार्यक्रम तय गरेको थियो ।
कांग्रेसले २५ पुसमा तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा तथा ३ माघमा सात सय ५३ पालिकामा विरोध प्रदर्शन गरिसकेको छ । त्यसअगाडि कांग्रेसले १३ पुसमा एक सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0