भारतबाट कोरोनाविरुद्धको खोप बिहिबार काठमाण्डौ आइपुग्यो

Homeस्वास्थ

भारतबाट कोरोनाविरुद्धको खोप बिहिबार काठमाण्डौ आइपुग्यो

बिहीबार र शुक्रबार राष्ट्रिय भिटामिन ए कार्यक्रम देशभर सन्चालन
निशुल्क स्वास्थ्य शिविर पाउदा बुलिङटार र बौंदीकाली जनतामा खुसी
विद्यालय बन्द गर्न मन्त्रालयले कुनै सिफारिस गरेका छैनौँ – प्रवक्ता प्राडा गौतम

८ माघ, काठमाडौँ ।

भारतबाट कोरोनाविरुद्धको खोपको १० लाख डोज बिहिबार काठमाण्डौ आइपुगेको छ ।
एयर इन्डियाको विमानबाट खोप काठमाण्डौ ल्याइएको हो । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्डु खोप नेपाल आएको हो ।
भारतले अनुदानमा दिएको यी खोपलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ ।
त्यसपछि हरेक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । खोप पठाउन स्वास्थ्य मन्त्रालयले तीन वटा भ्यान तयारी अवस्थामा राखेको जनाएको छ ।
एउटा भ्यानले बुटवल, नेपालगन्ज र धनगढीमा खोप पु¥याउने छ भने अर्काेले हेटौँडा, पथलैया र विराटनगर लग्नेछ । त्यस्तै, तेस्रो भ्यानले पोखरामा खोप पु¥याउने छ ।
सरकारले पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।
स्वास्थ्य मन्त्रालयद्वारा गठित खोप सल्लाहकार समितिका संयोजकसमेत रहेका खोपविज्ञ डाक्टर श्यामराज उप्रेतीकाअनुसार भारतबाट अनुदानमा ल्याइने खोप हरेक व्यक्तिलाई दुई मात्रा दिइन्छ ।
खोप लगाएका व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिने छ । उहाँले खोप सुरक्षित भएकाले ढुक्क हुन आग्रह गर्नु भएको छ ।
खोप हप्ता या १० दिनमा वितरण गर्ने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताउनुभएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0