इकाइ अध्यक्ष डिल्लीराम कुमालको निधनमा नेपाल कुमाल समाज सुधार समिति कास्कीको श्रद्धाञ्जली

Homeकुमाल समाज

इकाइ अध्यक्ष डिल्लीराम कुमालको निधनमा नेपाल कुमाल समाज सुधार समिति कास्कीको श्रद्धाञ्जली

माघे सक्राति-प्रकृति पूजक कुमालकाे मुख्य पर्व,आफ्नै विशेषता र प्राकृतिक महत्त्व
तन्नेरी हाँवर कर्म
नेपाल कुमाल समाज २७ वर्ष पूरा , समुदायका लागि कुनै ठोस कार्य नभएको भन्दै असन्तुष्टि बढ्यो

८ माघ , कास्की ।
बुधबार निधन भएका नेपाल कुमाल समाज सुधार समिति कास्कीका उपाध्यक्ष एंव रिठेपानी इकाई समितिका अध्यक्ष डिल्लीराम कुमालप्रती नेपाल कुमाल समाज सुधार समिति कास्कीले श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

कुमाल समुदायका लागि लामो समयदेखि सक्रिय रुपमा काम गर्दै आएका कुमालको बुधबार स्कुटर दुर्घटनामा परी ४६ बर्षको उमेरमा निधन भएको थियो ।

जिल्ला समिति कास्कीले एक वक्तव्य प्रकाशित गर्दै डिल्लीराम कुमाल (काजी) को ४६ वर्षको उमेरमा भएको असामयिक निधन भएको खबरले कुमाल समाजलाई अपुरणीय क्षती र स्तब्ध बनाएको जनाएको छ ।

शोक वक्तव्यमा भनिएको छ, “नेपाल कुमाल समाज सुधार समिति, जिल्ला समितिका उपाध्यक्ष एवम् रिठेपानी इकाई समितिका अध्यक्ष पोखरा महानगरपालिका वडा नं. २७, रिठ्ठेपानी, कुमालगाउँ निवासी स्व. डिल्लीराम कुमाल (काजी) को ४६ वर्षको उमेरमा भएको असामयिक निधनले कुमाल समाजलाई अपुरणीय क्षती र स्तब्ध भएको छ ।
हामी स्वर्गीय कुमालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं र दुःखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।”

राजन कुमाल
सचिव
जिल्ला कार्यसमिति कास्की

COMMENTS

WORDPRESS: 0
DISQUS: 1