प्रम ओलीको सेटिङले देश चल्दैन– दाहाल –नेपाल नेतृत्वको नेकपाका नेता भुसाल

Homeराजनीति

प्रम ओलीको सेटिङले देश चल्दैन– दाहाल –नेपाल नेतृत्वको नेकपाका नेता भुसाल

कांग्रेस नेता नवीन्द्रराज जाेशीकाे स्वास्थ्यमा सुधार देखिएन
वर्तमान राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको पूर्व राष्ट्रिपतिको गुनासो
विवेकशील साझाको प्रवक्तामा पाठक चयन

९ माघ , काठमाडौँ ।

दाहाल –नेपाल नेतृत्वको नेकपाका नेता घनश्याम भुसालले अब प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङले देश नचल्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध आज भृकुटीमण्डपमा आयोजित विरोधसभामा नेता भुसालले यतिबेला सबैले प्रधानमन्त्री ओलीले सबैतिर सेटिङ मिलाएका छन् भनेर भन्ने गरे पनि त्यसो हुन नदिइने बताएका हुन् ।
भुसालले विरोध सभालाई सम्बोधन गर्दै अब केपी ओलीका जालझेल र षड्यन्त्रलाई कुनै हालतमा पूरा हुन नदिने र सबैले केपी शर्मा ओलीले सेटिङ गरिरहेका भन्ने गरेका छन् ।
तर अब केपी ओलीको सेटिङले देश चल्दैन, सेटिङ त जासुसी उपन्यासहरुमा मात्र सफल हुने बताउनु भयो ।
भुसालले सम्बोधनका क्रममा संविधानलाई बन्धक बनाएर केपी ओली तान्डव नाच्दै गरेको पनि बताउनु भएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1