९ माघ , काठमाडौँ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको भन्दै आत्मआलोचना गर्नु भएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहद्धारा शुक्रबार काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै दाहालले आफूहरुले विभिन्न उपाय लगाउँदा पनि ओलीलाई सच्याउन नसकिएको बताउनु भयो ।
वहाँले भन्नु भयो ‘तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं । हाम्रा पनि केही कमजोरी होलान्,’ उनले भने, ’सम्झाइ, बुझाइ, फकाइ गरेँ, कतिपय उनका कुरा मान्दिएर पार्टी र देश बचाउन सकिन्छ कि भनेको सकिएन यो सभामा म आत्मआलोचना गर्न चाहन्छु ।’
COMMENTS