९ माघ , काठमाडौँ ।
पछिल्लो २४ घण्टामा देशभर तीन सय दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ६८ हजार नौ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा चार सय ८० जना निको भएसँगै दुई लाख ६३ हजार तीन सय ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
अहिले नेपालमा तीन हजार छ सय १४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ ।
COMMENTS