कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

Homeसमाज

कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

भूतपूर्व सैनिक कल्याणकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न
वडाध्यक्ष सहित जुवाको खालबाट ९ जना पक्राउ
कांग्रेस नेता खनालद्वारा जन्मदिनको अवसरमा खाद्य सामाग्री वितरण

१० माघ, नवलपुर ।
पूर्वी नवलपरासीको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
कावासोती नगरपालिका ८ मा रहेको भित्रीे सडकखण्डमा शुक्रबार राति ना २२ प ६५५५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा कावासोती नगरपालिका ३, का २४ वर्षीय हेमराज थापा र कावासोती ८, का २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताउनुभयो ।
मोटरसाइकल अनियन्त्रित भएर सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 12