नवलपुरका ४० हजार किशोरीलाई आईरन चक्की खुवाईने

Homeस्वास्थ

नवलपुरका ४० हजार किशोरीलाई आईरन चक्की खुवाईने

काठमाडौंमा अहिलेसम्मकै उच्च वायु प्रदुषण, घर भित्रै बस्न सरकारको आग्रह
नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार भन्दा कम
स्थायी बन्ध्याकरण शिविरबाट आइतबार सम्म १५३ जना लाभान्वित


१० माघ, नवलपुर ।
पूर्वी नवलपरासीका करीब ४० हजार किशोरीलाई आईरन चक्की खुवाईने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ ।
जिल्लामा रहेका आठ वटै स्थानीय तहका करीब ४० हजार किशोरीहरु यस कार्यक्रमबाट लाभान्वित हुने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताउनु भयो ।
गत बर्ष कोभिडका कारण स्थगित भएको कार्यक्रम यस वर्ष यहि माघ महिनाबाट नै आईरन चक्की वितरणको काम थालनी गरिएको चापागाईंले बताउनुभयो ।
आईरन चक्की १० वर्षदेखी १९ वर्षसम्मका किशोरीहरुलाई खुवाईने छ ।
किशोरीहरुको रक्तअल्पता निवारणका लागि आईरन चक्की खुवाउने कार्यक्रम संञ्चालन गरिएको वहाँंले बताउनुभयो ।
किशोरीहरुमा रक्तअल्पता बढ्दै गएपछि रगतको मात्रा बढाउन र महिलाहरुको पोषणमा सुधार ल्याउनका लागि यो कार्यक्रम केहि वर्षदेख संचालन भएको थियो ।
माघदेखि चैतसम्म हप्ताको १ दिन १ चक्कीका दरले १३ हप्तासम्म किशोरीले आईरन चक्की सेवन गर्ने चापागाईंको भनाई छ ।
जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहको स्वास्थ्य शाखालाई आईरहन चक्की उपलब्ध गराईसकेको छ ।
स्वास्थ्य शाखाले शिक्षा शाखासंग समन्वय गर्ने र शिक्षा शाखाले विद्यालयमा समन्वय गरि विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आईरन चक्की वितरण गर्ने चापागाईंले जानकारी दिनुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0