२४ घण्टामा नेपालमा दुई सय ३२ जनामा कोरोना सङ्क्रमण

Homeस्वास्थ

२४ घण्टामा नेपालमा दुई सय ३२ जनामा कोरोना सङ्क्रमण

कोरोनाविरुद्धको खोप अभियान आजबाट सुरु
नवलपुरका ४० हजार किशोरीलाई आईरन चक्की खुवाईने
पारस खड्कालाई कोरोना संक्रमण

१० माघ, काठमाडौँ ।
पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार पाँच सय ४१ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ६९ हजार एक सय ८० पुगेको छ । यस्तै गएको २४ घण्टामा तीन सय ८६ जना निको भएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या दुई लाख ६३ हजार सात सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप ८ जना कोरोना संक्रमितको ज्यान गएसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ९ सय ९४ पुगेको छ । अहिले नेपालमा तीन हजार चार सय ५२ जना सक्रिय संक्रमित छन् ।
अहिले देशभर एक सय ४७ जना सङ्क्रमित आइसीयू र २६ जना भेन्टिलेटरमा उपचार गराइरहेका मन्त्रालयले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0