कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ शनिबारदेखि सातवटै प्रदेशमा पठाउन थालियो

Homeस्वास्थ

कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ शनिबारदेखि सातवटै प्रदेशमा पठाउन थालियो

आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाइ कोरोना खोप लगाइने
शनिबार नेपालमा आठ सय ९९ जना कोरोना संक्रमित थपिए
कोरोना भ्याक्सिन निःशुल्क लगाउँछौं : अर्थमन्त्री

१० माघ, काठमाडौँ ।
कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ शनिबारदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ ।
उहाँका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ । आइतबारसम्म सबै प्रदेशमा खोप पुग्ने मन्त्रालयले जनाएको छ ।
पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ ।
उहाँले सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने बताउनुभयो ।
खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्र्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।
भारत सरकारले बिहीबार (यही माघ ८ गते) अनुदानमा सरकारलाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ ।
माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0