जारी निःशुल्क स्थायी बन्ध्याकरण शिविरबाट शनिबार सम्म ५५ जनाले सेवा लिए

Homeस्वास्थ

जारी निःशुल्क स्थायी बन्ध्याकरण शिविरबाट शनिबार सम्म ५५ जनाले सेवा लिए

कोरोना भाइरसको नयाँ प्रकार नेपाल भित्रिएको पुष्टि
थप १७ सय ९० जनामा कोभिड, २४ सङ्क्रमितको मृत्यु
दुई साताभित्र भारतबाट २० लाख डोज कोरोना खोप आउँने

१० माघ, नवलपुर ।
जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीको आयोजनामा जारी निःशुल्क बृहत परिवार नियोजन स्थायी बन्ध्याकरण शिविरबाट शनिबार सम्म ५५ जनाले सेवा लिएका छन् ।
परिवार नियोजन सुपरभाइजर निरिक्षक विर वहादुर श्रेष्ठका अनुसार देवचुलीमा २३ जना र कावासोतीमा ३२ जनाले स्थायी बन्ध्याकरण गरेका छन् ।


जसमध्ये ३७ पुरुषले भ्यासेक्टोमी, र १८जना महिलाले मिनिल्याप गराएका हुन् ।
जिल्लाका ८ वटै स्थानिय तहमा सञ्चालन गर्ने गरी शुरु भएको शिविर पहिलो दिन गत माघ ७ गते देवचुलीमा भएको थियो भने , शिबिर ८ , ९ र १० गते सम्म कावासोतीमा जारी थियो ।
त्यस्तै माघ १२ देखि १४ गतेसम्म मध्यविन्दु नगरपालिकामा शिबिर सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0