१० माघ, नवलपुर ।
पूर्वी नवलपरासीको कावासोतीमा रहेको थारु राष्ट्रिय संग्रहालय अध्ययन केन्द्रको दोश्रो अधिवेशनले जामुन राम महतोको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा नर वहादुर थारु , सचिवमा मुक्ति थनेत , सह सचिवमा विष्णु पन्जियार , र कोषाध्यक्षमा रविना महतो चयन भएका छन् ।
यस्तै सदस्यहरुमा सुकराम थनेत , छन्नुराम चौधरी , भोज वहादुर महतो , फन्सराम महतो , लक्ष्मी चौधरी , हिरामणी गुरौ, तनुजा महतो चौधरी चयन भएका छन् । पदेन सदस्यमा भने राम प्रसाद महतो चयन भएका छन् ।

शनिबार एक औपचारीक कार्यक्रमको आयोजना गरी पुरानो समिति विघटन गरी नयाँ कार्यसमितिमा चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई शनिबार सपथ ग्रहण गराइएको थियो ।
सपथ ग्रहण कार्यक्रममा थारु कल्याणकारीणी सभा केन्द्रीय पार्षद तथा निर्वाचन मण्डल संयोजक नेत्र थनेतको सभाध्यक्षता एवं केन्द्रीय सदस्य विरेन्द्र चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तैगरी कार्यक्रममा पूर्व थारु राष्ट्रिय संग्रहालयका अध्यक्ष कमल राज गुरौ , निवर्तमान थाकस अध्यक्ष गणेशमान महतो र थारु महिला सभा नवलपुरकी अध्यक्ष टिका कुमारी महतो लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रम कावासोती नगरपालिका १६ डण्डामा रहेको थारु राष्ट्रिय संग्रहालयको परिसरमा भएको थियो ।



COMMENTS