नेकपा प्रचण्ड–माधव पक्षको प्रम ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी

Homeराजनीति

नेकपा प्रचण्ड–माधव पक्षको प्रम ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी

The 13 worst songs about businesses and WordPress
How To Start a Blog in 2018 – Easy to Follow Guide for Beginners
प्रचण्ड समूह फोहोरको डङ्गुर हो – युवा नेता बस्नेत

१० माघ, काठमाडौँ ।

नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी गरेको छ ।
प्रचण्ड–माधव पक्षले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ ।
यसअघि पार्टीको अनुशासन र विधि विधान विपरित काम गरेको भन्दै स्पस्टीकरण सोधिएकोेमा उनले उक्त स्पस्टीकरणको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको प्रचण्ड–माधव पक्षले जनाएको छ ।
नेकपाको स्थायी समिति बैठक आइतबार दिउँसो १२ बजे पार्टी कार्यालय कोटेश्वरमा बोलाइएको छ ।
प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेसँगै प्रचण्ड माधव पक्ष लगातार संघर्षमा छ ।
नेकपाको यो पक्षसहित काँग्रेस, जसपा लगायतका दल तथा नागरिक समाजका अगुवा, बुद्धिजीवी, विद्यार्थी, मजदुर लगायतले ओली कदमको विरोध गर्दै प्रतिनिधिसभा पुनःस्थापना गरेर मात्रै प्रतिगामी कदम सच्चिने बताउँदै आएका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0