प्रचण्ड समूह फोहोरको डङ्गुर हो – युवा नेता बस्नेत

Homeराजनीति

प्रचण्ड समूह फोहोरको डङ्गुर हो – युवा नेता बस्नेत

ओली र दाहाल अध्यक्ष रहेको ‘नेकपा’ निर्वाचन आयोगद्वारा खारेज
प्रम ओलीले अत्याचार गर्न थालेको प्रचण्डको आरोप
प्रतिनिधि सभा विघटन प्रतिगमनकारी कदमः महासचिव सूर्यवंशी

१२ माघ , नवलपुर ।

देशमा अहिले राजनितिक घटना तिव्ररुपमा बढ्नु र चलायमान हुनु राम्रो भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली पक्षका युवा नेता महेश बस्नेतले बताएका छन् ।
सोमबार पूर्वी नवलपरासीको कावासोतीमा राष्ट्रिय युवा संघ, नेपाल जिल्ला कार्यसमितिद्धारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै युवा नेता बस्नेत सो कुरा बताएका हुन् ।
युवा नेता बस्नेतका अनुसार नेकपा भित्र विकृती र विसङ्गतीका अनेक डङ्गुर जम्मा गरेर ह्वासह्वास्ती गहनाउने बनाइएको थियो ।


प्रचण्ड – नेपाल समूहलाई फोहोर डङगुरको संज्ञा दिदै बस्नेतले उक्त फोहोर डङगुरको बाँध प्रधानमन्त्री ओलीले फुटाईदिएर अहिले निर्मूल हुने क्रम भइरहेको बताए ।
यस्तै कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रतिनिधि सभा सदस्य तिलक महतले प्रचण्ड – नेपाल समूहलाइ लक्षित गर्दै ओली सरकारले काठमाडौँका सडक राम्रो बनाइदिएका कारणले उनीहरु चकटी नबिछ्याइ सडकमा बसेर हामी यहाँ छौँ भन्ने अवसर पाएको बताए ।
सडकमा प्रदर्शन पाइए पनि पार्टी फुटाउन नपाइने उनको भनाइ छ ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी केही ब्यक्तिहरु नेकपा ओेली पक्षमा प्रवेश पनि गरेका थिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका युवा नेता महेश बस्नेत प्रमुख अतिथिका रुपमा रहेका थिए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1