तराईका जिल्लामा झन् चिसो बढ्यो

Homeसमाज

तराईका जिल्लामा झन् चिसो बढ्यो

फोनिजको आयोजनामा सूचना प्रविधिको विकास र अबको पत्रकारिता विषयकमा अन्तरक्रिया हुने ।
हुप्सेकोट ५ पाँग्रेमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु
आजदेखि श्री स्वस्थानी व्रत सुरु


१२ माघ , काठमाडौँ ।
तराईका जिल्लामा चिसो धरै बढेको छ ।
आइतबार बिहानदेखि तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु लागेको छ ।
अझै केही दिन तराईका सबैजसो जिल्लामा बाक्लो कुहिरो र हुस्सु लाग्ने सम्भावना रहेकाले चिसो अझै बढ्न सक्ने मौसमविद् विभूति पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार उत्तर पश्चिम वायुको प्रभावका कारण तराईका केही जिल्लामा शीतलहरको जोखिम रहेको छ ।


बाक्लो हुस्सु कुहिरोका कारण तराईका जिल्ला विशेषगरी महोत्तरी, सप्तरी, बारा, रौतहट र धनुषामा दैनिक मजदूरी गरी जीवनयापन चलाउनेहरु समस्यामा परेका छन् ।
चिसो बढेपछि महोत्तरीमा दाउरा बालेर आगो ताप्नेहरु बढेका छन् ।
मौसमविद्ले तराईका जिल्लामा शीतलहरकै सम्भावना रहेकाले स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन् ।
मौसमविद्ले तराईसँगै देशभर चिसो बढ्ने पूर्वानुमान गरेका छन् । उत्तर पश्चिम वायुको प्रभावका कारण देशका धेरै ठाउँमा चिसो हावा चल्न थालेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0