नेपाली कांग्रेसलाई एउटा प्रदेशमा मुख्यमन्त्री दिन नेकपाका दुवैपक्ष तयार

Homeराजनीति

नेपाली कांग्रेसलाई एउटा प्रदेशमा मुख्यमन्त्री दिन नेकपाका दुवैपक्ष तयार

नेकपा माओवादी केन्द्रले गृहमन्त्री सहितका मन्त्रीहरुलाई फिर्ता बोलायो
संवैधानिक आयोगमा सिफारिस भएकाहरुले शपथ लिए
बंगलादेशको राजकीय भ्रमण गरी राष्ट्रपति स्वदेश फिर्ता

१३ माघ काठमाडौँ ।
नेपाली कांग्रेसका नेताहरूले आफूलाई वाग्मती र प्रदेश नं १ मध्ये एउटामा मुख्यमन्त्री दिन नेकपाका दुवै पक्ष तयार रहेको सङ्केत दिएको बताएका छन्।
प्रचण्ड र माधव नेपाल समूहका एक नेताले पनि आफ्नो पक्षबाट कांग्रेससँग त्यस विषयमा कुरा भएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताका अनुसार नेपाली कांग्रेससहितका दलसँग कुराकानी गर्न प्रदेश तहमै निर्देशन दिइएको बताए ।
नेकपाभित्रैबाट दुई प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आएपछि सङ्कटमा परेको सरकार जोगाउन वा नयाँ बनाउन दुवै पक्षले कांग्रेसको साथ जुटाउनुपर्ने देखिएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0