कोरोनाविरुद्धको खोप अभियान आजबाट सुरु

Homeस्वास्थ

कोरोनाविरुद्धको खोप अभियान आजबाट सुरु

नवलपुरका ४० हजार किशोरीलाई आईरन चक्की खुवाईने
कोरोनाको बहानामा अतिरिक्त शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौंमा बर्ड फ्लु : तारकेश्वरमा २३ सय पन्छी नष्ट गरियो

१४ माघ , काठमाडौँ ।
कोरोनाविरुद्धको खोप अभियान आजबाट सुरु भएको छ ।
काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप अभियान सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ ।
आज विहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको सुभारम्भ गर्नुभएको हो ।
पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले लगाएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र सक्ने र पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप दिइने जनाएको छ ।
आज मात्रै १२ हजार व्यक्तिले खोप लगाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।
पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइनेछ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0