जुम्लाको गोठीगाउँमा ३० घर जलेर नष्ट

Homeसमाज

जुम्लाको गोठीगाउँमा ३० घर जलेर नष्ट

अर्घाखाँची जिल्लाका सवै धार्मिक क्षेत्रहरु आजदेखि खुल्ला
सिटिजन लाइफ इन्स्योरेन्स द्वारा घातक रोगको उपचार खर्च प्रदान
आदिवासी जनजाती महासंघकाे महाधिवेशन २०७८ जेठ १९ र २० गते

१४ माघ , जुम्ला ।

जुम्लाको तिला गाउँपालिका ७ पोख्रीको गोठीगाउँमा ३० घर जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधवप्रसाद काफ्लेका अनुसार ३० घर जलेर नष्ट भएका छन् ।
प्रहरी नायब उपरीक्षक काफ्लेका अनुसार ३० घरसहित १७ गाई, २३ गोरु र ३० भेडा–बाख्रासहित ७० पशुचौपाया पनि जलेर नष्ट भएका छन् ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी पुगिसकेको र क्षतिको विवरण थप आउन बाँकी रहेको वहाँले जानकारी दिनुभयो ।
म्ंगलबार ( हिजो ) राति ७ बजे तिला गाउँपालिकाको गुठी भन्ने गाउँमा आगलागी भएको थियो ।
यस गाउँका ५५ बढी घरमध्ये दुई वडाका ३० घर जलेर नष्ट भएका छन् ।
घटनास्थल सदरमुकामबाट ४२ किलोमिटर टाढा निकै दुर्गममा भएकाले समयमै सुरक्षा निकाय पुग्न नसक्दा, स्थानीयले आगो नियन्त्रण गर्न नसकेपछि बस्ती नै खरानी भएको स्थानीयले बताएका छन् ।


आगलागीको खबरपछि प्रहरी निरीक्षक (इन्स्पेक्टर) नवीन थापा मगरको कमाण्डमा १५ जना र प्रहरी चौकी रारालिहीबाट प्रहरी नायब निरीक्षक (सई) झुपेन्द्रबहादुर शाहीको कमाण्डमा तीन जना र प्रहरी चौकी कुडारीबाट प्रहरी जवान नरेन्द्र देउवाको कमाण्डमा तीन जनाको टोली खटेर क्षतिको विवरण लिइरहेको छ ।
प्रहरी त्यहाँ नपुग्दै बस्ती नै जलिसकेको स्थानीयले बताएका छन् । स्थानीय धनबहादुर रोकायाले हिउँदे सिजनमा भण्डार गरेको अन्नसमेत जलेर नष्ट भएको बताउनुभयो ।
गाउँमा खानेपानीको एकधारा थियो, त्यसबाट आउने पानीले निभाउन नसकिएको स्थानीयले जनाएका छन् ।
स्थानीय परबहादुर रोकायाका अनुसार सुधारिएको चुलाको पाइपबाट आगो सल्किएको अनुमान गरिएको छ ।
गाउँभरि सल्किएको आगो निभाउन नसकिएको र टुलटुलु हेर्नुबाहेक केही उपाय नलागेको वहाँले दुखेसो पोख्नुभयो ।
गाउँलेले हरप्रयास गरेको तर काठका छत भएका घर भएकाले आगो निभाउन नसकिएको बताइएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0