आजदेखि श्री स्वस्थानी व्रत सुरु

Homeसमाज

आजदेखि श्री स्वस्थानी व्रत सुरु

नवलपुरमा ११ दिने आधारभूत पत्रकारिता तालिम सुरु
एकसिंगे गैंडाको गणना आजबाट सुरु
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज ११ औं स्मृति दिवस मनाइदै

१५ माघ , काठमाडौं ।

प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने श्री स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएकाे छ ।

पौष शुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौषशुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0