नवलपुरमा दुईपाङ्ग्रे सवारी चालकहरुलाई ५ मिनेट सडक प्रशिक्षण

Homeसमाज

नवलपुरमा दुईपाङ्ग्रे सवारी चालकहरुलाई ५ मिनेट सडक प्रशिक्षण

४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसादले बिहीवार नेपाली नागरिकता पायो
आदिवासी जनजाती महासंघकाे महाधिवेशन २०७८ जेठ १९ र २० गते
४ वर्षीय व्लड क्यान्सर पीडित बालकलाई आइक्याट ( AICAT ) कलेज ग्रुप इजरायलद्वारा आर्थिक सहयोग


१५ माघ , नवलपुर ।
पुर्वी नवलपरासीका दुईपाङ्ग्रे सवारी चालकहरुका लागि सप्ताहव्यापी सडक प्रशिक्षण बिहिबार देखि कावासोतीमा सुरु गरेको छ ।
विहिबार एक औपचारीक कार्यक्रमको आयोजना गरी दुईपाङ्ग्रे सवारी चालकलाई ५ मिनेट प्रशिक्षण दिएर कार्यक्रम सुरु गरेको हो ।
कार्यक्रम गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौँडा कास्कीको आयोजना एवम् आन्तरिक मामिला तथा कानुन मन्त्रलाय गण्डकी प्रदेशको समन्वयमा भएको हो ।
ट्राफिक व्यवस्थापन सुधार कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनीको प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा बोल्नु हुदै प्रमुख जिल्ला अधिकारी पङ्गेनीले यो कार्यक्रम हेर्दा ५ मिनेटको भएपनि यसले यहि ५ मिनेटले हाम्रो जिवन रक्षा गर्ने र कार्यक्रम एक महत्वपूर्ण भएको बताउनु भयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्नु हुदै जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले नवलपुरको पुर्वपश्चिम राजमार्ग क्षेत्र दुर्घटनाको उच्च जोखिम भएकाले गर्दापनि यस्ता कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
यस्तै वहाँले कुनैपनि सवारी चालकले छोटो होस् वा लामो यात्रा गर्दा अनिवार्यरुपमा ट्राफिक नियमको पालना गर्नु पर्ने बताउनु भयो ।


गत आर्थिक वर्षमा अन्य सवारी साधन भन्दा दुइपाङग्रे साधन दुर्घटनाका संख्या बढी रहेको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौँडा कास्कीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनु भयो ।
त्यस कारणले गर्दा पनि यि सवारी साधनलाई दुर्घटना न्यूनिकरण गर्नका लागि यो कार्यक्रमको आवश्यक रहेको ढकालले बताउनुभयो ।

कार्यक्रमको पहिलोदिन प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालद्धारा सडकमै दुइपाङ्ग्रे सवारी चालकहरुलाई प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम कावासोतीको फलफुलचोकमा भएको हो।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0