भ्रष्टाचार विरुद्धमा सबै दलहरुबीच अन्तरक्रिया

Homeराजनीति

भ्रष्टाचार विरुद्धमा सबै दलहरुबीच अन्तरक्रिया

प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतद्वारा बदर, संसद् पुनर्स्थापना हुने
प्रतिनिधि सभा विघटन मुद्दाको बहस सकियो, १० गतेसम्म बहस नोट बुझाउन प्रधानन्यायाधीशको आग्रह
नेकपा खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकन जाँदै प्रचण्ड

१५ माघ , नवलपुर ।
संसद विघटनपछिको राजनीतिक अस्थिरता र अबको निकास सन्दर्भमा विहिबार पूर्वी नवलपरासीको कावासोतीमा सबै दलहरुबीच वृहत्त अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
भ्रष्टाचार विरुद्ध संयुक्त अभियान नवलपुरको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले मुलुकमा ब्याप्त भ्रष्टाचारको कारण राजनीतिक अस्थिरता निम्तिएको बताएका छन् ।
उनीहरुले अहिलेका राजनीतिक दलका नेताहरु आफैले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएर ब्यहारमा लागू गर्नुपर्नेमा जोड दिएका थिए । अन्तरक्रियामा भाग लिनु भएका जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य गंगानारायण श्रेष्ठले राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुका उत्पादनमा नजोडिदासम्म भ्रष्टाचार मौलाइरहने बताउनुभयो ।
उहाँले एम्नेस्टी इन्टरनेशलनको पछिल्लो प्रतिवेदनलाई उल्लेख गर्दै अहिलेको राजनीतिक अस्थिरता बढ्दै जाने हो भने नेपाल भ्रष्टाचारमा पहिलो हुन सक्ने आशंका ब्यक्त गर्नुृभयो ।
जसपा नेता श्रेष्ठले भ्रष्टाचार विरोधी कानूनहरु फितलो भएको जिकिर गर्दै भ्रष्टाचारीलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले पछिल्लो राजनीतिक संकट समाधानका लागि २०७२ सालको संविधान मान्ने संघीय लोकतान्त्रिक गणतन्त्र मान्ने शक्तिहरुबीच कार्यगत एकता गनरी संयुक्त आन्दोलन गर्नुपर्ने बताउनुभयो ।
यस्तै, नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य चन्द्रहरी सुवेदी अटलले अहिलेका ब्यवस्थाबाट मुलुकको समाधान हुन नसक्ने भन्दै जनवादी गणतन्त्रबाट मात्रै मुलुकको निकास निस्कने बताउनुभयो ।


उहाँले अहिलेको दलाल संसदीय ब्यवस्थाबाट मुलुकको जनताका समस्याहरु समाधान नहुने भन्दै जनताको समस्या समाधान नगरी मुलुकले निकास नपाउने बताउनुभयो ।
यसैगरी, नेकपा प्रचण्ड–माधव समूहका केन्द्रीय सदःय किशन शर्मा गैरेले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगामी कदमका विरुद्ध साझा रुपमा आन्दोलन उठाउनुपर्ने बताउनुभयो । नेकपा प्रचण्ड माधवसमूहकै केन्द्रीय सदस्य रबिन्द्र अधिकारीले लोकतन्त्रको रक्षाका लागि सशक्त आन्दोलनको आवश्यकता औंल्याउनुभयो ।
उहाँले लोकतन्त्रिक प्रणाली अनुसार देश अगाडि चल्न नसकेमा लोकतन्त्रवादी भन्ने सबै शक्तिको टाउकोमा लाठी बर्सिने बताउनुभयो ।
अखिल नेपाल शिक्षक संगठनका नेता घनश्याम पाठकले संसद पुनःस्थापना वा नयाँ निर्वाचन दुबैबाट निकास ननिस्किने बताउनु भयो ।
उहाँले सिद्धान्त र दर्शन एकातिर र राजनीतिक ब्यहार अर्कातिर हुँदा समस्या उत्पन्न भएको बताउनुभयो ।
यस्तै, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बन्धु विक्रम क्षेत्रीले अहिलेको संसदीय ब्यवस्था नै अहिलेको संकटको मुल कारक भएको बताउनुभयो ।
प्रतिनिधि सभालाई पुर्नस्थापना गर्नुपर्छ भन्ने शक्तिहरुले जिम्मा लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बुद्धिजिवी, डा। मोहनीलाल भुसाल, प्राध्यापक झपेन्द्रश्वर भुसाल लगायतले अन्तरक्रियामा भाग लिदै राजनीतिक दलका नेताहरुको इमान्दारित आवश्यक भएको बताउनुभयो ।
सहभागीहरुले राजनीतिक अस्थिरता राजनीतिक दलकै कारणले निम्तिएको भन्दै राजनीतिक दलका नेताहरुप्रति आक्रोश पोखेका थिए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0