सहिद दिवस मनाईयो, सहीदहरुका सपना साकार गर्नेतर्फ राजनीति अग्रसर देखिएन

Homeसमाज

सहिद दिवस मनाईयो, सहीदहरुका सपना साकार गर्नेतर्फ राजनीति अग्रसर देखिएन

संसद विघटनविरुद्ध परेका रिट अब पुस २२ गतेदेखि सुनुवाइ हुने
नेविसंघ नेता मिलन बस्यालले जन्मदिन्काे अवसरमा दश हजार रकम मन्दिर पुनर्निर्माणमा सहयाेग गरे
कालीगण्डकीको पानी लिफ्ट गरेर तानसेनमा

१६ माघ , काठमाडौँ ।

देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदहरुप्रति सम्मान गर्दै देशभर शुक्रबार सहिद दिवस मनाईएको छ ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ ।
नेपालका प्रथम विर सहिद लखन थापा मगर ,वीर सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अन्य योद्धाहरूको योगदानको सम्मानमा यस बर्ष पनि सहिद दिवस मनाइएको हो ।
निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा विभिन्न गैरसरकारी सड्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ ।
देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका सहिदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई सहिद दिवशको रुपमा मनाइएको हो ।
विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।
यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।
बिक्रम सम्बत.१९३३ सालमा मनकामना मन्दिर अगाडि झुन्डाएर मारिएका प्रथम सहीद लखन थापा मगरलाई भने राज्यले उचित सम्मान दिन नसकेको आदिवासी अभियन्ताहरुले गुनासो ब्यक्त गरेका छन् ।
चार सहीदहरुका समेत प्रेरणाका स्रोत मानिने प्रथम सहीद लखन थापा मगरलाई राज्यले हेयको दृष्टिले हेर्ने गरेको केही समुदायको आरोप छ ।
नेपाल मगर सँघ लगायत केही सँस्थाहरुको निरन्तर दवावका कारण सहीद घोषणा गरिए पनि प्रथम सहीदका रुपमा सम्मान दिन राज्यले कन्जुस्याँइ गरेको उनीहरुको गुनासो छ ।
लखन थापा मगरलाई तत्कालीन श्री ३ जँग बहादुर राणाको निरँकुश शासनका बिरुद्धमा सँगठित बिद्रोहको तयारीका क्रममा मृत्युदण्ड दिइएको थियो ।
माफी मागेमा ज्यान बकस पाइने राणाहरुको प्रलोभनका बाबजुद पनि जनताका लागि ज्यानको माया मारेका थापा मगरलाई जातिबादी सँकुचित नजरले हेर्दा उनको सहादतको अवमुल्यन भएको अभियन्ताहरको ठहर समेत छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0