१६ माघ , नवलपुर ।
पूर्वी नवलपरासीको कावासोतीमा पनि सहिदहरुलाई सम्मान तथा स्मरण गरिएको छ ।
विभिन्न क्रान्ति तथा जनआन्दोलनमा विरगति प्राप्त गरेका सहीदहरुको शालिकमा माल्यार्पण गरि उनीहरुको योगदानको कदर गरिएको हो ।
कावासोतीको सहिद पार्कमा एक औपचारीक कार्यक्रमको आयोजना गरी नेपाल सहिद स्मृति प्रतिष्ठान र साधना संगम नवलपुरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
सहिदहरुलाई स्मरण तथा सम्मानमा कार्यक्रममा कविहरुद्धारा कविता वाचन समेत गरिएको थियो ।

कार्यक्रममा नेपाल सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष पिताम्वर तिवारीको सभाध्यक्षता रहेको थियो ।
यस्तै कार्यक्रममा सहिद परिवारहरुलाई सम्मान व्यक्त पनि गरिएको थियो ।
भने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनी, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्ल लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो ।


COMMENTS