भूतपूर्व सैनिक कल्याणकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

Homeसमाज

भूतपूर्व सैनिक कल्याणकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

आदिबासी जनजातिको मुद्दालाई बिशेष प्राथमिकता दिनु पर्छ – जनजाति अगुवा
सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियान पुनः सुरु
गुल्मीको रेसुंगामा जीप दुर्घटना ३ को मृत्यु ,६ जना घाइते

१६ माघ , नवलपुर ।
भूतपूर्व सैनिक कल्याणकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभा तथा व्यावसायिक तालिम केन्द्र नवलपुरको उद्घाटन सम्पन्न भएको छ ।
शुक्रबार कावासोती २ मा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष क्याप्टेन लेखनाथ तिवारीको सभाध्यक्षता एवम् समाजसेवी तथा उद्योगपति विष्णुकुमार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले नवलपुरका भूपू सैनिक र भारतिय भूपू सैनिकहरुले उदाहरणीय कार्य गर्न आवश्यक रहेको बताए ।
उनले व्यवसायिक तालिम केन्द्रको उद्घाटन गर्दै आगामी दिनमा भारतिय भूपू सैनिकहरुले तालिम प्रदान गरेर विपन्न वर्गका व्यक्तिहरुलाई रोजगार उपलब्ध गराउने पाटोमा जान जरुरी रहेको बताए ।


यस्तै कार्यक्रममा बोल्दै भूतपूर्व सैनिक कल्याणकारी संस्था लिमिटेडका संरक्षक कर्णेल धन बहादुर मास्की रानाले संस्थाले तालिम केन्द्रको स्थापना गरेरर एकदम सराहनिय कार्य गरेको बताए ।
उनले अहिले तालिम प्रदानका लागि केन्द्रको भवन सानो भएको र त्यसलाई अब यथाशिघ्र व्यवस्थित गर्दै लैजाने पनि बताए ।
यस्तै कार्यक्रममा पूर्व अध्यक्षद्धय सुवेदार मेजर बुद्धि वहादुर गुरुङ , छविलाल राना , भूतपूर्व सैनिक कल्याणकारी संस्था लिमिटेडका संरक्षक कर्णेल धन बहादुर मास्की राना , भूपू सैनिक परिवार कल्याणकारी संस्थाका संरक्षक लिलामास्की राना , समाजसेवी देवप्रसाद न्यौपानेको विशेष आतिथ्यता रहेको थियो ।
यस्तैगरी कार्यक्रममा भूपू सैनिक परिवार कल्याणकारी संस्थाका अध्यक्ष केशरी राना र भारतिय भूपू सैनिक परिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राम वहादुर राना लगायतको आतिथ्यता रहेको थियो ।
संस्थाको प्रतिवेदन अध्यक्ष क्याप्टेन लेखनाथ तिवारीले र कोषाध्यक्ष उद्धसिं गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष सुवेदार मेजर प्रेम वहादुर रानाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । भने संस्थाका सदस्य मान वहादुर गुरुङले सञ्चालन गरेको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0