प्रम ओलीले अत्याचार गर्न थालेको प्रचण्डको आरोप

Homeराजनीति

प्रम ओलीले अत्याचार गर्न थालेको प्रचण्डको आरोप

प्रधानमन्त्री ओलीले आज देशवासीलाई सम्बोधन गर्नेे
२९ गते नेपाली काङ्ग्रेस को देश भर बिरोध प्रदर्शन हुने
सँसद बिघटनका बिरुद्धमा नेपाली काँग्रेसको देशभरिका वडाहरुमा प्रदर्शन

१६ माघ , काठमाडौँ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूले देशलाई शान्ति र समृद्धिको बाटोमा लैजान खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अपमानित र हुर्मत लिने काम गरेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीले अत्याचार गर्न थालेको आरोप लगाएका हुन् ।
दाहालले प्रधानमन्त्री ओलीले जहिल्यै आफ्ना छोराछोरीलाई मात्रै हेरÞ्यो भनेर अपमानित गरेको पनि बताए ।
आफूलाई केही साथीले ‘प्रचण्डले त छोराछोरी र ज्वाइँलाई मात्रै काम दिन्छन् भन्छन् त ओलीले, के यो सही हो ?’ भनेर प्रश्न सोध्ने गरेको पनि दाहालले बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0