तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो

Homeसमाज

तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो

हिंसा विरुद्ध सधै आवाज उठाउन सक्नु पर्छ — प्रहरी उपरीक्षक प्रकाश मल्ल
पूर्वी नवलपरासीमा प्याराग्लाइडिङ्गको सफल परीक्षण
संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ति र शपथको तयारी

१७ माघ , काठमाडौँ ।

तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
मौसमविद्काअनुसार तराईका जिल्लामा अबको दुई हप्तासम्म पनि बाक्लो हुस्सु र कुहिरो लाग्ने अनुमान छ ।
आज प्रदेश १ र गण्डकी प्रदेशका केही हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए ।
वहाँका अनुसार अन्य क्षेत्रको मौसम आंशिक बद्ली हुने अनुमान छ ।
तराईका जिल्लामा चिसो धरै बढेको छ ।
आज बिहानदेखि तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु लागेको हो ।
तराईका सबैजसो जिल्लामा बाक्लो कुहिरो र हुस्सु लागिरहने र चिसो अझै बढ्न सक्ने मौसमविद्हरुले बताएका छन् ।


मौसमविद्का अनुसार उत्तर पश्चिम वायुको प्रभावका कारण तराईका केही जिल्लामा शीतलहरको जोखिम रहेको छ ।
बाक्लो हुस्सु कुहिरोका कारण तराईका जिल्ला नवलपरासी ,चितवन महोत्तरी, सप्तरी, बारा, रौतहट र धनुषामा दैनिक मजदूरी गरी जीवनयापन चलाउनेहरु समस्यामा परेका छन् ।
चिसो बढेपछि नवलपरासीमा दाउरा बालेर आगो ताप्नेहरु बढेका छन् ।

आज काठमाण्डौको न्यूनतम तापक्रम दुई दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ ।
अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्न सक्ने मौसमविद्को अनुमान छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0