प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि आर्मी क्लबलाई

Homeखेल

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि आर्मी क्लबलाई

अपराजित एपीएफ लिग च्याम्पियन
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक शाहीको निधन
पारस खड्कालाई कोरोना संक्रमण

१७ माघ , काठमाडौँ ।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि आर्मी क्लबले जितेको छ ।
आर्मीले एपीएफलाई ३३ रनले हराएर पहिलो पटक उपाधि जितेको हो ।
कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ११ रन बनाएको थियो ।
जितका लागि २ सय १२ रनको लक्ष्य पछ्याएको एपीएफ ४१ ओभर तीन बलमा एक सय ७८ रनमा समेटियो ।
एपीएफका आसिफ शेखले ६१ रनको अर्धशतकीय पारी खेले पनि हार टार्न सकेनन् । यस्तै शंकर रानाले २१, सुमित महर्जनले १९ रन, सुवास खकुरेल १४ रनमा आउट भए ।
त्यस्तै एपीएफका कप्तान शरद भेषवाकर शून्य रनमा आउट भए । आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३, ३ तथा सुशन भारीले १ विकेट लिए ।
आर्मीको जितमा हरी चौहानले ५८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै राजेश पुलामीले २८, शाहब आलमले २५, लोकेश बमले १५, सुशन भारी र रोहित पौडेल समान १३ ,१३ रन जोडे । अनिल मण्डल र बिक्रम शोब समान ११, ११ रन बनाए ।
एपीएफका अविनास बोहोराले ४ विकेट लिए ।
किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १, १ विकेट लिए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0