तराईका जिल्लाहरुमा चिसोका कारण जनजीवन कष्टकर

Homeसमाज

तराईका जिल्लाहरुमा चिसोका कारण जनजीवन कष्टकर

तमू (गुरुङ)हरूका दुई ठूला संस्थाहरुबीच २९ वर्षपछि एकताको सहमति
नवलपुरमा पनि मनाइयो सहिद दिवस, सहिदको सम्झनामा कविता वाचन
नवलपुरमा दुईपाङ्ग्रे सवारी चालकहरुलाई ५ मिनेट सडक प्रशिक्षण

१७ माघ , नवलपुर ।

तराईका जिल्लाहरुमा चिसोका कारण जनजीवन कष्टकर बनेको छ । बिगत केही दिन यता चिसो बढिरहँदा जीवन कष्टकर बनेको हो । शनिबार पनि बिहानदेखि तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु लागेको छ ।
शनिबार घाम लाग्न नसक्दा बढेको चिसोका कारण मानिसहरुको चहलपहलमा समेत कमी देखिएको छ ।


पूर्वी नवलपरासी सहित तराइका जिल्लामा यतिबेला चिसोको कहर बढेको हो ।
मौसमविद्हरुका अनुसार तराईका जिल्लामा अबको दुई हप्तासम्म पनि बाक्लो हुस्सु र कुहिरो लाग्ने अनुमान छ ।
चिसोका कारण पुर्बी नवलपरासीको कावासोती क्षेत्रका चोकचोकमा दाउरा बालेर आगो ताप्नेहरु बढेका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0