नवलपुरका बालुवा प्रशोधन उद्योगहरु विना कारवाही सुचारु

Homeसमाज

नवलपुरका बालुवा प्रशोधन उद्योगहरु विना कारवाही सुचारु

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन जनाको ज्यान गयो
विवाह पञ्चमी पर्व मनाइँदै
नवलपुरमा यस वर्ष ५ प्रजातीका नयाँ चरा देखा परे


१७ माघ , नवलपुर ।
पूर्वी नवलपरासीमा अनुगमनको क्रममा अवैध सञ्चालनमा रहेको भेटिएर बन्द भएका नवलपुरका १४ वटा बालुवा प्रशोधन उद्योग स्थानीय पालिकाहरुले विना कारवाही खोलिदिएका छन् ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका नेतृत्वमा स्थानीय पालिका, राजश्व कार्यालय, प्रहरी, साना तथा घरेलु उद्योग लगायतले संयुक्त रुपमा अनुगमन गर्दा अवैध सञ्चालनमा रहेको भनेर शिल गरिएका प्रशोधन उद्योग स्थानीय सरकारले नयाँ दर्ता पक्रियामा लैजाने भन्दै खोलिदिएका हुन् ।
शिल गरिएका उद्योगलाई कुनै कारवाही पनि नगरिकन नयाँ उद्योग दर्ता प्रक्रियामा लैजाने भन्दै एकसाथ सबै उद्योग खोलिदिएपछि ठूलै आर्थिक चलखेलको आशंका गरिएको छ ।


पूर्वी नवलपरासीमा अनुगमनको क्रममा विना दर्ता सञ्चालनमा रहेको पाइएर बन्द गरिएको यहाँका १४ वटा बालुवा प्रशोद्धन उद्योग शिल गरिएको दुई महिना नवित्दै पुन सञ्चालनमा आएको छ ।
जिल्ला अनुगमन समिति र सम्बन्धित पालिकाले घुमाउरो निर्णय गरेको शिल गरिएका उद्योग खोलिदिएका हुन् ।
जिल्ला अनुगमन समितिले शिल गरिएका बालुवा उद्योगहरुलाई खोल्नका लागि कुनै निर्णय नगरे पनि सम्बन्धित पालिकालाई नयाँ उद्योग दर्ता प्रक्रिया पुरा गर्न बाटो खुल्ला हुने गरि गरिदिएको निर्णयलाई नै आधार मानेर यहाँका शिल भएका बालुवा उद्योगहरु खुलेका हुन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0