काठमाडौंमा बर्ड फ्लु : तारकेश्वरमा २३ सय पन्छी नष्ट गरियो

Homeस्वास्थ

काठमाडौंमा बर्ड फ्लु : तारकेश्वरमा २३ सय पन्छी नष्ट गरियो

अहिलेसम्म तीन लाख ४० हजारले लगाए काेराेना विरुद्धकाे खोप
नवलपुरमा दोश्रो चरण अन्तर्गत ४२ हजार ८७२ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य
बिहीबार र शुक्रबार राष्ट्रिय भिटामिन ए कार्यक्रम देशभर सन्चालन

काठमाडौँको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ । 

बर्डफ्लु पुष्टि भएसँगै शनिबार नेपाल सरकार स्वास्थ्य सेवा विभाग, पशु सेवा विभागको टोली, तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाको संयुक्त टोलीका साथै नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा उक्त फार्मलाई शिल गरिएको छ । 

अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ । 

बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन’ छर्ने काम भइरहेको प्रमुख रायले जानकारी दिए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0