संविधान भन्दा बाहिर गएर अदालतले फैसला गर्छ भने त्यो फैसला मान्य हुदैन –  पौडेल

Homeराजनीति

संविधान भन्दा बाहिर गएर अदालतले फैसला गर्छ भने त्यो फैसला मान्य हुदैन – पौडेल

संसद विघटनविरुद्ध काँग्रेसद्वारा थप आन्दोलनको घोषणा
नेकपा नामसम्बन्धी विवादमा सर्वोच्च अदालतद्वारा ऋषि कट्टेलको पक्षमा फैसला
नेविसंघद्धारा माईतिघरमा विरोध प्रर्दशन

१८ माघ , नवलपुर ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले संविधान भन्दा बाहिर गएर अदालतले फैसला गर्छ भने त्यो फैसला मान्य नहुने बताएका छ्न ।
आइतबार पुर्वी नवलपरासीको देवचुलीमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन ।
संसद विघटन संसदीय परम्परा हो भनेर संविधान भन्दा बाहिर गएर निर्णय गर्ने अधिकार अदालतलाई नभएको बताउदै पौडेलले २०४७ को संविधानको नजिर देखाएर संसद पुनःस्थापना नगरे त्यो आफुहरुलाई मान्य नहुने बताए ।
“अहिलेको संविधानमा प्रधानमन्त्रीको कदमलाई संवैधानिक मान्ने व्यवस्था कुनै धारामा छैन, कुनै पनि धारामा नभएको व्यवस्थालाई अदालतले ठिक हो भन्छ भने कसरी मान्न सकिन्छ ?” पौडेलको भनाई थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0