ओलि पक्षिय नेकपाले नारायणहिटी दरबार अगाडि  प्रदर्सन  गर्ने

Homeराजनीति

ओलि पक्षिय नेकपाले नारायणहिटी दरबार अगाडि प्रदर्सन गर्ने

निर्वाचन सामग्री खरिदका लागि टेण्डर आह्वान गर्ने आयोगको तयारी
नेकपा ओली समूहकाे जनसभाका लागि र्‍याली सुरु
संसद पुर्नस्थापनको माग गर्दै, नेकपाका ८७ जना नेता सर्वोच्च अदालत जादै

माघ १९, प्रधानमन्त्री केपी शर्मा ओली पक्ष नेकपाको वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौंमा गर्ने जनसभाको तयारी थालेको छ ।काठमाडौँमा ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको कमिटीले जनाएको छ। सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने तयारी छ ।उक्त दिन माइतीघर मण्डल, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको सांगीतिक प्रस्तुति लिएर टोली जुलुसमा सहभागी हुने कमिटीले जनाएको छ । कमिटीका अनुसार जुलुसको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने तथा पार्टीका २१ वटै जनवर्गीय संगठन आआफ्नो पहिचानसहित तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाका प्रतिनिधि आआफ्नो तुलसहित सहभागी हुने कमिटीले जनाएको छ । सभाको तयारीका लागि माघ २१ गते काठमाडौँमा १० हजार मोटरसाइकल र्‍यालीसमेत गरिने जनाइएको छ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0