कांग्रेसको भातृ संस्थाहरुको देशैभर प्रदर्शन

Homeराजनीति

कांग्रेसको भातृ संस्थाहरुको देशैभर प्रदर्शन

प्रचण्ड समूह फोहोरको डङ्गुर हो – युवा नेता बस्नेत
संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड– माधव समूलाई ओलीको चुनौती
संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च आदलतमा रिट दायर

१९ माघ , नवलपुर ।
संसद विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १३ वटा भातृ संस्थाहरुले सोमबार देशैभर प्रदर्शन गरेका छन् ।
देशका ७७ वटै जिल्लामा एकैपटक प्रतिनिधिसभा विघटन विरुद्ध काँग्रेसका भातृ संस्थाहरुले सशक्तरुपमा आन्दोलन गरेका हुन् ।
यस्तै पूर्वी नवलपरासीको कावासोतीमा पनि प्रतिनिधिसभा विघटन विरुद्ध भातृ संस्थाहरुहरुले आन्दोलन गरेका छन् ।


बिरोधका क्रममा कावासोती २ विपि चोकबाट जुलुस निकालेर सभापति चोक , इन्द्रचोक थाना चोक हुँदै पुनः विपि चोकमा आएर विरोधसभामा परिणत भएको थियो ।
बिरोध सभामा बोल्ने अधिकाँशले सँसद बिघटनको चर्को आवाजमा आलोचना गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनीधि सभा बिघटन गरेर देशलाई अन्यौलता तर्फ धकेलेको उनीहरुको आरोप थियो ।
देशैभर भएका प्रदर्शनमा काग्रेसका भातृ संस्थाहरु नेपाल किसान संघ , नेपाल महिला संघ, तरुण दल, नेविसंघ, नेपाल तामाङ संघ,नेपाल किसान संघ, नेपाल दलित संघ,नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ,नेपाल लोकतान्त्रिक अपाङ्ग संघ,नेपाल मुस्लिम संघ,नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाजले सहभागीता जनाएका थिए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0